काठमाडौं। नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले ७ वटा वित्त कम्पनीका सञ्चालक, अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई कारबाही गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रयमास अवधिमा तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने, अनिवार्य नगद मौज्दात (सीआरआर) नराख्ने, कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने लगायत बैंक ऐन, २०५८ अनुसार नचल्ने कम्पनीहरूलाई केन्द्रीय बैंकले कारबाही गरेको हो ।
फेरि, यस्तो गल्ती भेटिए नगदसहित ऐन बमोजिम कारबाही हुने समेत राष्ट्र बैंकले जनाएको छ ।

















