विप्लव नेतृत्वकाे अखिल (क्रान्तिकारी) को नाम परिवर्तन

33

काठमाडौं ।  नेत्रविक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नाम परिवर्तन भएकाे छ। काठमाडौंमा जारी नेपाल कम्युनिष्ट पार्टीकाे २३ औं राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गरिएको हाे।

अब संगठनको नाम अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) र छोटकरीमा अखिल (समाजवादी) रहने जानकारी गराइएकाे छ।

अखिल (क्रान्तिकारी) नाममा धेरै विद्यार्थी संगठन रहेको र अबको विद्यार्थी आन्दोलनको दिशा समाजवाद प्राप्ति र समाजवादी शिक्षा प्रणाली तिर अग्रसर रहेकोले संगठनको नाम पनि सोहीअनुसार परिवर्तन गरिएको संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here