वाफमा साम्बाकाे ह्याट्रिक

39

काठमाडौं । पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आमन्त्रित टोलीका रुपमा सहभागि रहेको नेपालले समूहचरणको आफ्नो दोस्रो खेलमा इराकमाथि ५-० को रवाफिलो जित हासिल गरेको छ। पहिलो हाफमै चार गोल गरेकी सावित्राले नेपालका लागि दोस्रो हाफमा अर्को एक गोल थपेकी थिइन। पाँच गोल गरेसँगै सावित्राले ४४ औं अन्तराष्ट्रिय खेलमा ४९ गोल पुरा गरेकी छिन्।

साउदी अरेबियास्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा वरियता बिहीन इराकमाथि प्रभावसालि जित हासिल गर्ने क्रममा सावित्रा भण्डारी (साम्बा) ले खेलको १४औं मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन। उनलेनै १६औं मिनेटमा टिमका लागि दोस्रो गोल गर्दा गोलरक्षकले डिफेन्सलाई दिएको बल खोस्दै सहजै गोल गरेकी थिइन।

३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनले पूजा रानाको आकर्षक लो क्रसलाई घुँडा टेक्दै आकर्षक हेडमार्फत आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन। ४४औं मिनेटमा उनले रेखाको पासमा गरेको प्रहार गोलरक्षक अल सदेइले बचाएपनि रिबाउन्डमा उनले व्यक्तिगत तथा टिमका लागि चौथो गोल पुरा गरेकी थिइन। दोस्रो हाफमा उनले अर्को एक गोल थप्दा नेपालले ५-० को सहज जित हासिल गर्‍यो।

नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो। इराक भने पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध ३-० ले पराजित भएको थियो। नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन्। नेपाल र प्यालेस्टाइन दुवैको समान ३-३ अंक रहेको छ। नेपाल रहेको समूहमा रहेका सबै टोली फिफा वरियतामा नेपाल भन्दा निकै पछि रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here