चलचित्र ‘मायावी’को छायाकंन सुरु

78

काठमाडाैं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली चलचित्र ‘मायावी’को छायाकंन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो ।

निर्माण टिमले चलचित्रको छायाकंन गर्ने तयारी गर्दै एक हप्ता अघि सम्म चलचित्रका मुख्य कलाकारहरु र निमार्ण टिमको लाइनअप सार्वजनिक गरिरहेकोे थियो ।

फिल्म मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट छायांकन सुरु भएको र चलचित्रको छायाकंन अवधी ३५ दिनसम्म चल्ने निर्देशक भट्टराईले जनकारी गराए । पोखराकै परिवेशमा रहेर कथा बुनिएको यस चलचित्रमा मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला, मोडल समिम खान र अर्की मुख्य अभिनेत्रीमा करिश्मा श्रेष्ठको प्रमुख भुमिका रहने छ ।

यस्तै चलचित्रमा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायत अन्य कलाकारहरुको पनि अभिनय रहने छ । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै चलचित्रमार्फत रजतपटमा कमव्याक गर्दैछन् भने करिश्माले लामो समयपछि ‘मायावी’बाट चलचित्रमा कमव्याक गर्न लागेकी हुन् ।

यसै चलचित्रमार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् । क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहने छ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् । राजु थापाको डिओपी रहने चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत छ ।

चलचित्रमा एक्शन तथा निर्देशक चन्द्र पन्त र अभिनेता राज कटुवाल निर्माता रहेका छन् । राज फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here