नेप्से परिसूचक दोहोरो अंकले बढ्याे

30

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। पहिलो कारोबार दिन आइतबार  २६.८१ अंकले घटेको नेप्से आज १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा कायम भएको हो।

सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशतले बढेर ३५५.९७ विन्दु बन्द भएको छ। नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम आइतबारको तुलनामा घटेको छ।

यसदिन ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर २ अर्ब १ करोड  ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ३ अर्ब ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको  थियो।

नेप्से दोहोरो अंकले बढेपनि एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  बोटलर्स नेपाल (बालाजु) को सेयर १० प्रतिशतले बढेको हो।

यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,नेपाल वेयर हाउजिङ कम्पनी,सोनापुर मिनरल्स र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था कमाउने पाँच कम्पनीभित्र परे।

यसदिन समाज लघुवित्त वित्तीयका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा रह्यो।  सो कम्पनीको ९ करोड ७१ लाख ८० हजार २२९ रुपैयाँको सेयर कारोबार भयो।

हिमालयन रिइन्स्योरेन्सले ७ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा शिवम् सिमेन्ट,गोर्खाज फाइनान्स र सन नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड मूल्य बराबरको कारोबार भयाे । यसदिन १० उपसमूहको सूचक बढ्दा ३ को सूचक नकारात्मक देखिए। कारोबारमा आएका १६७ कम्पनीको मूल्य बढ्दा ७५ वटाको घट्यो भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here