प्रतिपक्षमा बस्ने सांसदहरूले एकअर्को पक्षलाई दागी देखाउने दोहोरी

48
sf7df8f}F, @$ df3M k|ltlglw;ef a}7sdf g]sf dxfdGqL yfkf ;ª3Lo ;+;b ejg gofFafg]Zj/df cfh a;]sf] k|ltlglw;efsf] a}7sdf wf/0ff /fVb} ;f+;b Pj+ g]sf dxfdGqL uugs'df/ yfkf . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले विगत केही दिनदेखि संसद्‌मा सत्तापक्ष र प्रतिपक्षमा बस्ने सांसदहरूले एकअर्को पक्षलाई दागी देखाउने दोहोरी चलिरहेको भन्दै संसद्लाई प्रभावकारी बनाउने उपाय सुझाएका छन्।

‘यही पाराले त न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्ने भयो। अब यसो गर्न लगाऔँ’, उनले सुझाव दिए, ‘आसनको दायाँ बस्ने होस् कि, बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको, झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ। अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन। घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ।’

थापाले यति गर्न सकेदेखि उनीहरू निर्दोष भए फर्केर आउने र त्यतिबेला फूलमाला लगाएर स्वागत गरिने जनाए । ‘दोषी भए दण्ड बेहोर्नुहोला’, उनको भनाइ छ।

संसद्लाई अलिअलि सफा गर्न सकेदेखि संसद्‌मा मिटरब्याजका बारेमा, दूध किसानले मूल्य नपाएको बारेमा, एनसेलको प्रतिवेदनको बारेमा जमेर सार्थक छलफल गर्न सकिने उनको भनाइ छ। थपे, ‘होइन भने यताकाले (सत्ता पक्ष) उता (प्रतिपक्ष) देखाउने, उताकाले (प्रतिपक्ष) यता (सत्तापक्ष) देखाउने दोहोरी चलिराख्नेभयो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here