काठमाडौं । देशकाे राजधानीमा विभिन्न माग राखेर आन्दोलन जारी राखेका मिटरब्याजपीडितहरुले शुक्रबार साङ्लेजुलुस निकालेका छन् ।
आफूहरुको मागको छिटो सुनुवाइ गर्नुपर्ने भन्दै उनीहरुले एकआपसमा साङ्लोले बाधेरे साङ्लेजुलुस निकालेका हुन् । काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको साङ्लेजुलुस भद्रकाली पुगेर समापन भएको थियो ।


















