मसालले कांग्रेससहितको पुरानो गठबन्धन विघटन गलत

58

काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानले नयाँ सत्ता गठबन्धनलाई समर्थन जनाएको छ । अभियानका अध्यक्ष वामदेव गौतमले प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ सत्ता गठबन्धनलाई समर्थन जनाउनुका ६ कारण उल्लेख गर्नु भएको छ ।

बिज्ञप्तिमा गौतमले भन्नु भएको छ- ‘नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष एबम् प्रधानमंत्री प्रचण्डको पहलमा हिजो २१ फागुन २०८० का दिन नेपालको राजनीति र सत्ता संवन्धमा नयां गठवन्धन शुरु भएको छ। हाम्रो पार्टीले हिंजो बिहानै यो गठबन्धनलाई समर्थन गरिसकेका छौ। हाम्रो समर्थन वा विरोधले राष्ट्रिय राजनीतिमा कुनै फरक पार्दैन। तथापि हमीले आफ्नो पंक्तिलाई स्पस्ट पार्न यो वक्तब्य जारी गर्नुपरेको हो।’

‘हामीले समर्थन गर्नुका निम्न कारण छन्:-
१) कम्युनिष्ट र कांग्रेसले उत्पादन पद्धतिमा दुइ विपरित तत्वको प्रतिनिधित्व गर्दछन। अहिलेको गठबन्धनले सही राजनीतिक दिशा पकडेको छ।
२) अव नेपाली कांग्रेस पार्टी बीपी कोइरालाको राजनीतिक लाइनमा हिंड्छ होला !
३) सत्ता स्वाद लिन जे पनि गर्ने राजनीतिक भाँडभैलोको अब अन्त्य हुन्छ होला।
४) अव वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुशी भएर सामेल हुनेछन्।
५) २०७७ मा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) विभाजन गर्नु महाभूल थियो भन्ने पुष्टि भएको छ।
६) हाम्रो सिधा, लप्पन-छप्पन विनाको आशा र विश्वास यही नै हो। तर हाम्रो आशा वमोजिम भएन भने पनि पश्चाताप गर्न पर्ने छैन।’
वामदेव गौतम
अध्यक्ष
नेकपा एकता राष्ट्रिय अभियान
२२ फागुन २०८०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here