सुदूरपश्चिम सरकारमा सहभागी दुईमन्त्री र राज्यमन्त्री बर्खास्त

36

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त भएका छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्। केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन्।

बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here