त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्यान्ड्सले जित्याे

35

काठमाडौं  । नेपालले आयोजना गरेको त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ।

टियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाललाई हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।  १८५ रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले ६ विकेट गुमाउँदै १९ दशलव ३ ओभरमा उक्त लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कुशल मल्ल एक्लैले चार विकेट लिए।  दीपेन्द्रसिंह ऐरी र अभिनास बोहोराले एक/एक विकेट लिए।

नेदरल्यान्ड्सका लागि माइकल लेविटले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। यस्तै साइब्रान्ड ब्रच्टले ४८, विक्रमजित सिंहले २९, म्याक्स वडुटले २२ तथा टीम भानडेर गुटेनले २१ रनको योगदान दिए। नेपालका लागि आशिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए। यस्तै गुलशन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे।

करण केसीले ९ रन जोड्दा सोमपाल कामी र प्रतीश जिसीले नटआउट ६/६ रन जोडे। दीपेन्द्र सिंह ऐरीले १ रन तथा आरिफ शेख शून्य रनमै आउट भए।  नेदरल्यान्ड्सका लागि साइब्रान्ड एंगलब्रेच्ट, माइकल लेविट, टीम भानडर गुटेन र क्लासनले समान २/२ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here