पूर्व राजा ज्ञानेन्द्रसंग भेटेको हो भने पुष्टि गर नभए क्षमा याचना गर : उपप्रधानमन्त्री ईश्वर पोखरेल

357

काठमाडौं / उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको गलत समाचार छाप्ने मिडियाहरुलाई चुनौती दिएका छन् ।

पोखरेलले  आफूले पूर्व राजा ज्ञानेन्द्रलाई भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचारलाई  पुष्टि गर्न चुनौती दिँदै कि पुष्टि गर्नु नभए क्षमा याचना गर्नु भनेर जनाएका छन् ।

सत्तारुढ नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेलले राति बिहीबार १० बजेर ५० मिनेट जाँदा एक ट्विट गर्दै उक्त चुनौती दिएका हुन् ।

उनले ट्विटमा भनेका छन्,’निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीखेज र शतप्रतिशत गलत समाचार छाप्ने केही ठुला छापाहरू, अनलाइनहरू तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरूप्रति खेद व्यक्त गर्दछु । पुष्टि गर नभए नैतिकता छ भने क्षमा याचना गर ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here