नक्‍कली नोट छाप्ने मेसिनसहित चारजना पक्राउ

500

धनगढी / कैलाली प्रहरीले नक्‍कली नोट छाप्ने गिरोह पक्राउ गरेको छ। धनगढी रहेर नक्‍कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका चारजनालाई शुक्रबार सार्वजनिक गरेको छ।

धनगढी उपमहानगरपालिका-१ नैनादेवी मन्दिरनजिकै उनीहरु डढे महिनादेखि नेपाली नक्‍कली नोट छाप्ने गरेको कैलाली प्रहरी उपरीक्षक सुदिपबहादुर गिरिले जानकारी दिए।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका- १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका- ३ का २४ वर्षीय पल्लपराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्। गोकुल नक्‍कली नोट छाफ्ने योजनाका मुख्य नायके हुन्।

४ जनालाई फरक फरक मितिमा पक्राउ परेका हो। गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको हो भने अन्य ३ जना धनगढीमा नै पक्राउ परेको प्रहरी उपरीक्षक गिरिले जानकारी दिए।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्‍कली नोट समेत बरामद गरिएको छ। पछिल्लो दुई महिनामा धनगढीमा तीनपटक नक्‍कली नोट फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। नक्‍कली नोट कारोबारीले पहाडी दुर्गम र भीडभाड हुने ठाउँमा नक्‍कली नोट प्रयोग गर्दै आएको प्रहरीको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here