काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग मिलेर बनाएको नयाँ गठबन्धनमा २० मन्त्रालयको भागबण्डा भएको छ ।
गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले ८, माओवादी केन्द्रले ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४ र नेकपा एकीकृत समाजवादीले २ मन्त्रालय पाउने भएको छ ।
माओवादीले प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र रेखा शर्मालाई मन्त्री बनाउँदैछ । यसअघि हितबहादुर तामाङ मन्त्री बनिसकेका छन् ।
रास्वपाले उपप्रधान तथा गृहमन्त्रीमा सभापति रवि लामिछाने, डीपी अर्याल, विराजभक्त श्रेष्ठ र सुमना श्रेष्ठलाई मन्त्री बनाउने भएको छ ।
नेकपा एकीकृत समाजवादीले मन्त्रीको टुंगो लगाउन बाँकी छ ।


















