हालै बनेको नयाँ सत्ता गठबन्धन समीकरणको सरकारका लागि चुनौती

37

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हालै बनेको नयाँ सत्ता गठबन्धन समीकरणको सरकारका लागि चुनौतीहरु औंल्याएका छन्।

दुई पृष्ठको विज्ञप्ति जारी गर्दै नेता खनालले वर्तमान सरकारले सफलतापूर्वक गर्नैपर्ने र दायाँबायाँ छुट नभएकोसमेत उल्लेख गरेका छन्। नयाँ समीकरण बनेपछि जनतामा आशाको सञ्चार भएको उनको भनाइ छ।

उनले मुलुकका लागि वामपन्थी, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरुसमेत यो सरकारप्रति सकारात्मक देखिएको उल्लेख गरेका छन्।

Sagarmatha cement
nimb

यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरु विभिन्न चलखेल र षड्यन्त्रमा लागिसकेको नेता खनालले दाबी गरेका छन्।

कतिपय पार्टीहरु भित्रै पनि षड्यन्त्रका तनाबाना बुँनिँदै गरेकाले यस्ता चुनौतीहरुलाई वर्तमान गठबन्धन अझ बलियो हुनुपर्ने सुझाव नेता खनालले दिएका छन्।

यस्ता छन् खनालले औंल्याएका चुनौतीहरु

jhalnath-nayasamikaran1-1709958528.jpg

jhalnath-nayasamikaran2-1709958528.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here