धार्मिक रुपमा विभेद हुनु देशको हितमा छैन

36

काठमाडौं । राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले देशमा धार्मिक विभेद हुन थालेको जनाएका छन्।

आइतबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रिय सभा सदस्य खालिदले देशमा धार्मिक विभेद हुन थालेको जनाएका हुन्।

उनले कुनै धर्म विशेषलाई उसको धर्मको आधारमा विभेद भइरहेको जनाए । यसरी धार्मिक रुपमा विभेद हुनु देशको हितमा नभएको उनको भनाइ थियो।

त्यस्तै, बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्षमा सबै क्षेत्रमा सन्तुलित रुपमा बजेट जानुपर्ने बताए। उनले तराई/मधेसमा ५३ प्रतिशत जनसंख्या भए पनि १३ प्रतिशत मात्रै बजेट गएको भन्दै यसलाई सन्तुलित बजेट मान्न नसकिने उल्लेख गरे।

उनले भने,’यो देशमा वर्गीय विभेद मात्रै छैन। जातीय, क्षेत्रीय, भाषिक, लैंगिक विभेद मात्र छैन, यो देशमा धार्मिक विभेद पनि हुन गइरहेको छ। धार्मिक समुदाय विशेषमाथि उसको धर्मलाई मात्र आधार मानेर आज विभेद भइरहेको छ। यो देशको लागि हितमा छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here