सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक ठाकुरमोहन श्रेष्ठ कुटिए

37

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री बिक्रम पाण्डेका समर्थकले सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक (एआईजी) ठाकुरमोहन श्रेष्ठ कुटेका छन्।

श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनका समर्थकले लखेटेरै कुटेका हुन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका सदस्य श्रेष्ठ कुटिएका हुन्।

पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राख्दा पाण्डेलाई भ्रष्टाचारी भनेका थिए। कुटाई खाएपछि श्रेष्ठ अध्यक्षम लिङदेनको कार्यकक्षमा छिरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here