प्रा.डा. भद्रमान तुलाधरको निधन

12

काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापकमध्येका एक प्रा.डा. भद्रमान तुलाधरको निधन भएको छ । मस्तिष्कघातका कारण विगत तीन सातादेखि अस्पतालमा उपचाररत तुलाधरको बुधवार काठमाडौंमा निधन भएको हो ।

प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. तुलाधर तथा प्रा. सीताराम अधिकारी काठमाडौं विश्वविद्यालयका प्रमुख संस्थापक हुन् ।

गणितका प्राध्यापक प्रा.डा. तुलाधरले विश्वविद्यालयको रजिष्ट्रारका रुपमा पनि काम गरेका थिए । उनले रूसबाट गणितमा विद्यावारिधि गरेका थिए ।

तुलाधरको शवलाई श्रद्धाञ्जलिका लागि बिहीवार बिहान ९ बजेदेखि १०ः३० बजेसम्म स्कुल अफ म्यानेजमेन्ट (कुसोम) बालकुमारीमा राखिने र बिहीवार नै अन्तिम संस्कार गरिने काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले जानकारी दिए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here