काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले दैलेख जिल्लामा पेट्रोल पदार्थ अन्वेषणका लागि ल्याएको ड्रिल मेसिन लगायत समान नेपालगञ्जको भन्सारमा रोकिएको जनाएकी छिन् । प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले चीनबाट भारतको कोलकत्ता हुँदै नेपालगन्ज आइपुगेको सामान भन्सारमा छुट पत्र उपकरणको नाम फरक परेको कारणले रोकिएको भन्दै सरकारले तत्कालै समस्या समाधान गरेर समान छुट गराउनुपर्ने जनाइन् ।
















