बहराईनविरुद्धको दुवै लेगको खेल प्रतिद्धन्दीकै मैदानमा हुने

40

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत बहराईनविरुद्धको दुवै लेगको खेल प्रतिद्धन्दी देशकै मैदानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सूचना सार्वजनीक गर्दै दुवै लेगको खेल बहराईनको घरेलु मैदानमा हुने जानकारी गराएको हो ।

बहराईनविरुद्धको पहिलो लेगको खेल नेपालमा हुने तालिका थियो । नेपालमा रहेको दशरथ रंगशालाको  खराब अवस्थाका कारण बहराईनले उजुरी गरेको थियो ।

एएफसीको अनुगमनपछि नेपालले बहराईनविरुद्धको होम म्याच गुमाउने पक्का भएको थियो । त्यसपछि न्युट्रल भेन्युका लागि एन्फाले पहल गर्ने बताएको थियो । अन्तिममा नेपालले न्युट्रल भेन्युको सट्टा बहराईनमै दुवै लेगको म्याच खेल्ने बताएको छ ।

नेपालले चैत ८ गते पहिलो लेगको खेल र चैत १३ गते दोस्रो लेगको खेल बहराईनमा खेल्नेछ ।

छनोट खेलको तयारी स्वरुप नेपालले मलेसियामा चैत २ गते मैत्रीपूर्ण फुटबल खेल्ने एन्फाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here