प्रतिनिधि सभा बैठकमा कांग्रेसकाे अवरोध

22

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ।

सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचीअनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उभिएर विरोध जनाएको हो।

कांग्रेसले विरोध जनाएपछि सभामुख घिमिरेले कांग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए। त्यसपछि बैठकमा बोल्दै सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारी पीडक भएको भन्दै गृहमन्त्रीमाथिको प्रश्नका बारेमा प्रधानमन्त्रीको जवाफ माग गरे।

उनले भने, ‘गृहमन्त्री सहकारी पीडक हुनुहुन्छ। पीडितहरु हजारौँको संख्यामा सडकमा रहनुभएको छ। त्यस्तो अवस्थामा जबसम्म प्रधानमन्त्रीले हाउसमा गएर आम नेपाली जनतालाई आश्वस्त पार्न सक्नुहुन्न, तबसम्म हाउस चल्न सक्दैन भन्ने नेपाली कांग्रेसको ठहर छ। त्यसकारणले सभामुखज्यूको रुलिङ हुनुपर्‍यो। गृहमन्त्री नै पीडक हो।’

त्यसपछि सभामुखले आसन ग्रहणका लागि कांग्रेस सांसदहरुलाई आग्रह गर्दा पनि सांसदहरुले विरोध जारी राखेका थिएन। त्यसपछि नियमापत्ति गर्दै नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले सभालाई अगाडि बढाउने सांसदहरुको पनि दायित्व भएको भन्दै सभा सञ्चालन गर्न दिन आग्रह गरेका थिए। बैठक १५ मिनेटको लागि स्थगित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here