काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् ।
गठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगमा अघिल्लो गठबन्धनमा सहभागी दलबाट सिफारिस भई आएका सदस्यहरुले राजीनामा दिएका हुन् ।
अघिल्लो गठबन्धनमा नेपाली कांग्रेस तथा जनमत पार्टीको सिफारिसमा उनीहरु सदस्य बनेका थिए । आयोगमा अब नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरु समेटिने सम्भावना छ ।
आयोगको उपाध्यक्षमा माओवादी केन्द्र निकट डा. मिनबहादुर श्रेष्ठ छन् ।
















