काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ ।
ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, केन्द्रीय सम्पर्क समितिका इन्चार्ज रेखा यादव, सहइन्चार्ज देवराज राईलगायतका नेताहरुको उपस्थिति थियो ।

















