राष्ट्रपति स्वयम्भू महाचैत्यको पूर्णाहुति पूजामा सरिक

41

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्भू महाचैत्यको मूल छत्र-गजुर जीर्णोद्धार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाइत गरिने पूर्णाहुति पूजामा सहभागी भएका छन्।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजनामा गरेको सो पूजामा पछि मूल छत्र जीर्णोद्धारमा सहयोग गर्ने १० जनालाई प्रशंसापत्र समेत  राष्ट्रपति पौडेलले वितरण गरेका थिए।

महाचैत्यको मूल छत्र २०७९को हावाहुरीका कारण क्षति पुगेको थियो। यसैबीच राष्ट्रपति पौडेलले श्रीमती सविता पौडेलका साथमा स्वयम्भू क्षेत्रमा  रहेको हारती माताकोसमेत पूजा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here