काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा छन् ।
उनीहरुले क्यास एप, फायरक्रिन एप्लिेकशेनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जनाए।


















