अवदेखि दशरथ रंगशालाको संरक्षण राखेपले संरक्षण गर्ने

36

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैंले संरक्षण गर्ने भएको छ  ।

राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएकोले राखेप आफैंले संरक्षण गर्ने निर्णय गरेको हो ।

संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्बर्धन राखेपले नै गर्ने भनी उल्लेख छ ।

उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here