काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्न माग गरेका छन् ।
आजको संसद बैठकमा बोल्दै उनले संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिडेको आरोप लगाए । सहकारी ठगलाई सरकारले नै संरक्षण गरेर जनतालाई ढाट्ने काम गरेको उनको भनाइ थियो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन परिवर्तनका क्रममा सरकारको गियर परिवर्तन गर्नु पर्याे भनेको प्रशंगमा एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम नगर्ने दाबी गरे ।

















