बाँसबारी जग्गा प्रकरणबारेमा सांसद चाैधरीमाथि अनुसन्धान जारी

41

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भनी जानकारी गराएको छ।

स‌ंसद्‌मा बजेट अधिवेशन चलिरहेकाले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद चौधरीमाथि आफूहरुले  सरकारी जग्गा घोटालामा अनुसन्धान गरिरहेको जानकारी गराएको हो।

संसद् सचिवालय स्रोतका अनुसार सभामुखलाई अनुसन्धानको जानकारी दिने गरी सीआईबीको पत्र स‌ंसद्‌मा आएको छ। सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको पत्रमा लेखिएको छ।

‘बाँसबारी छाला जुत्ता कारखाना लि.को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसद्‌का माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ’, सीआईबीको पत्रमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here