युवाहरूलाई स्वरोजगार बनाउने मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा

24

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल अघि बढाएका छन् ।

पहिचान पक्षधर लिम्बुले रास्वपासँग सबै कोणबाट छलफल भइरहेको भन्दै सकारात्मक संकेत प्राप्त गरेको जनाए । उनका अनुसार, ‘रास्वपाको नेतृत्वसँग छ्लफल चलिरहेको छ । उहाँहरुको उम्मेदवार हुने या नहुने छिटो टुङ्गो लाग्छ । हामीले त सबै कोणबाट छलफल जारी राखेका छौं ।’

युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका छन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का महसचिव हुन् ।

यता रास्वपाका सहप्रवक्ता कबिन्द्र बुर्लाकोटिले अहिलेसम्म उम्मेदवारीको सिफारिस सूचीमा लिम्बूको नाम नपरेको जनाए । सात जनाको आकांक्षीको नाममा भने लिम्बूले पनि इच्छा जायर गरेको बुर्लाकोटीले जनाए ।

उनका अनुसार चैत १४ सम्ममा पार्टीले लिखित रुपमा इच्छा राख्ने उम्मेदवारलाई निवेदन पठाउन भनेको छ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको मुत्युपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त छ। त्यहाँ  वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here