विश्वकप छनाैटमा नेपाल बहराइनसँग पराजित

25

काठमाडाै । विश्वकप छनोट अन्तरगत दोस्रो लेगको खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो । बहराइनको जीतमा सायेद महदी बाकेर, अब्दुल्लाह युसुफ हेलाल र कामिल अल–असवादले एक–एक गोल गरे ।

यसअघि गत बिहीबार खेलिएको बहराइनविरुद्धको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली ०–५ गोलको ठूलोअन्तरले पराजित भएको थियो ।

बहराइनविरुद्धको पहिलो खेलमा प्रारम्भदेखि नै नेपाली टोली निरीह बनेको थियो ।

दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिचको एउटा खेल नेपालमा खेलिनु पर्ने थियो ।

तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुईवटै खेल बहराइनमै खेल्ने सहमति जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here