नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर

35

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्नुभएको छ।उहाँले सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको जनाउनुभएको छ।

आइसिसी ट्वान्टी–२० विश्वकपको तयारी स्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाई कार्यक्रममा प्रशिक्षक देसाईले सो धारणा राख्नुभएको हो।

नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (युएई) मा एसिसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेण्डसिप कप खेल्दैछ।सोही प्रतियोगिता अगाडिको बिदाई कार्यक्रममा देसाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षकको भनाइ छ।डिफेन्डिङ च्याम्पियनका रूपमा एसिसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको बताउनुभयो।डिफेन्डिङ च्याम्पियनको लक्ष्य पनि तय भइसकेको उहाँले बताउनुभयो।प्रशिक्षक मोन्टीले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०/६० प्रतिशत मात्र पाएको उल्लेख गर्दै ट्वान्टी–२० विश्वकप अगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो।एसिसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गर्नुभयो ।

क्यानका सचिव पारस खड्काले ट्वान्टी-२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनुभयो।क्यानले बिहीबार खेलाडीको बिदाइ गरेको हो।

क्यान सचिव पारस खड्का, महाप्रबन्धक उत्सव ढुङ्गाना लगायतको उपस्थिति थियो।फ्रेण्डसिप कप उक्त आगामी मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ।नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ।लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

यो प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ विरुद्ध दुई खेलको श्रृंखलामा ‘क्लिन स्विप’ गरेको थियो।ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्टइण्डिजमा सुरु हुँदैछ।समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here