काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।


















