काठमाडौं । नेपाली पहिलाे एनिमेटेड कथानक चलचित्र ‘सलिना’को प्रदर्शन स्थगित भएको छ । भोलि शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रकाे अन्तिम समयमा आएर प्रदर्शन स्थगित गरिएको छ । चलचित्रका निर्देशक तेजसराज जोशी हुन् ।
नेपालमा पहिलोपटक एनिमेश चलचित्र बनाएकाे जनाउँदै हलले प्रोत्साहन गर्नुको साटो आफूहरुलाई शो नदिएर हेला गरेको जोशीले सुनाए । ‘पछि उपयुक्त शो मिल्ने समयमा लगाउने छौँ’ उनले थपे । ‘सलिना’ नेपालमा बनेको पहिलो एनिमेटेड चलचित्र हो । रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको चलचित्र निर्देशक तेजसराज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादनमा गरेका छन् ।
‘सलीना’को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो । असाधारण उद्देश्यले जन्म भएको राजकुमारी अन्य पात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रकाे कथा आगाडि बढेको छ ।
चलचित्र सेन्सर वोर्डबाट चलचित्रले यू सर्टिफिकेट पाएको छ । विशेषत बालबालिका लक्षित भएपनि चलचित्र सबैका लागि उपयुक्त रहेको निर्देशक तेजसराज जोशी जनाउँछन् । जोशीले ६ जना साथिहरुसँग मिलेर ६ बर्ष लगाएर चलचित्र निर्माण गरेका हुन् ।

















