सांसद सञ्जय सिंहले अदालतबाट जमानत पाए

41

काठमाडौं । भारतको आम आदमी पार्टी (आप)का सांसद सञ्जय सिंहले मंगलबार सर्वोच्च अदालतबाट जमानत पाएका छन् ।

सिंहलाई दिल्लीको मदिरा नीति(Delhi Liquor Policy Case)सँग सम्बन्धित कथित घोटाला प्रकरणमा पक्राउ गरिएको थियो।

सिंहलाई ईडीले अक्टोबर २०२३ मा पक्राउ गरेको थियो । ६ महिना जेल बसेपछि उनले सर्वोच्चबाट जमानत पाएका हुन् ।

दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया यस कथित घोटाला प्रकरणमा जेलमा छन् । हालै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल(Arvind Kejriwal)लाई पनि सोही मुद्दामा पक्राउ गरी तिहाड जेल पठाइएको छ ।

ईडीको आरोपपत्रमा सिंहले ८२ लाख रुपैयाँ चन्दा लिएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here