काठमाडौं । पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले उक्त महासागर पत्ता लगाएका हुन् ।
पानी कहाँबाट आयो भनेर खोजी गर्दा वैज्ञानिकहरूले यस महासागरको बारेमा पत्ता लगाएको एक रिपोर्टमा उल्लेख गरिएको छ । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको वैज्ञानिकले बताएका छन् ।
जब पृथ्वी मुनि बुलन्द छालहरू ओसिलो चट्टानबाट गुज्रन्छन्, तिनीहरूको गति सुस्त हुन्छ । सिस्मोमिटरबाट यी छालहरू अध्ययन गरेपछि महासागर पत्ता लागेको हो ।
धेरै रिपोर्टहरूमा धूमकेतु पृथ्वीसँग ठोक्किएपछि यसको प्रभावका कारण पानी उत्पन्न भएको दबी गरीएकाे थियो । यद्यपि, पृथ्वीको सतह मुनि रहेको महासागरबाट, यो सम्भव छ कि समयसँगै पृथ्वी मुनिबाट समुद्रहरू निस्किएका छन् ।
वैज्ञानिक जेकबसनले यो महासागर पृथ्वी मुनि रहनु आवश्यक रहेको बताए किनकि यो सतहबाट बाहिर आयो भने पृथ्वीमा पानी मात्र रहनेछ । हिमालका अग्ला चुचुराहरू मात्र जमिनको नाममा बाँच्न सक्ने उनको भनाइ छ ।
साभार : अन्तराष्ट्रिय मिडियाकाे सहयाेगमा


















