३२ जना उच्च पदस्थ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

51

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ३२ जना उच्च पदस्थ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता धनराज कार्कीले जानकारी दिए।

विशेष अदालत पुगेको मुद्दामा विमान खरिदका क्रममा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको दाबी गरिएको छ।

आयोगका अनुसार पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिवहरु शंकर अधिकारी, शिशिर ढुङ्गानालाई विपक्षी बनाइएको छ। शाही कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्रीसमेत हुन्।

त्यस्तै, अभियोग पत्रमा मुक्तिराम पाण्डे, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, जीवन सिटौली र अच्युतराज पहाडीलाई विपक्षी बनाइएको छ।

संसदको अघिल्लो कार्यकालमा सार्वजनिक लेखा समितिले गरेको अध्यक्षमा वाइडबडी खरिदमा ४ अर्ब ३१ करोड भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। त्यही निष्कर्षका आधारमा समितिले अख्तियारलाई थप छानबिन गर्न निर्देशन दिएको थियो।

अघिल्लो महिना प्रमुख आयुक्त प्रमे राईले अनुसन्धान निष्कर्षमा पुगेर मुद्दा दायर गर्ने ब्रिफिङ लेखा समितिमा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here