उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई माके र विप्लव नेकपाले समर्थन गर्ने

17

काठमाडौं । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्ने bhhभएको छ ।

एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार एक अपिल प्रकाशित गरी एमाले उम्मेदवार सुहाङ नेम्वाङका लागि मत मागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने समझदारी भएको भन्दै सुहाङका लागि मत मागिएको छ ।

अपिलमा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत, माओवादी जिल्ला संयोजक विजय खम्बु र नेकपाका इन्चार्ज मौसमले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here