हङकङको याउमा तेइस्थित काम वाह भवनको एक फ्ल्याटमा आगलागी

46

एजेन्सी । पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा ४५ जना घाइते भएको घटना सेलाउन नपाउँदै हङकङको याउमा तेइमा फेरि अर्काे आगलागी भएको छ।

पछिल्लो पटक मंगलबार दिउँसो याउमा तेइस्थित काम वाह भवनको एक फ्ल्याटमा आगलागी भएको हो।

दिउँसो साढे ३ बजे स्थानीय बासिन्दाबाट अपार्टमेन्टमा आगलागी भएको खबर पाएपछि फायर सर्भिस डिपार्टमेन्टको टोली पानीको जेटसहित पुगेको थियो।

टोलीले करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो। आगलागीका कारण भवनका सयभन्दा बढी बासिन्दा विस्थापित भएको प्रहरीलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएको छ।

फायर फाइटरले आगलागीका कारण फसेका तीन जनालाई सकुशल उद्धार समेत गरेका छन्।

आगलागीका कारण क्यान्टन रोड नजिकको वाटरलु रोड (हो म्यान टिन बाउन्ड)का केही लेनमा यातायात आवागमन बन्द गरिएको यातायात विभागले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here