राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुखमा डा प्रमोद कुमार यादव नियुक्त

33

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल  सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रिस्तरिय निर्णय  गर्दै डा यादवलाई ट्रमा सेन्टरको निमित्त मेसुमा नियुक्त  गरेका हुन्।

यसअघि अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रहेका डा बद्रि रिजाललाई हटाउदै डा यादवलाई नियुक्त गरिएको हो। डा यादवलाई स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त मेसुको जिम्मेवारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here