काठमाडौं ।आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले बढेको छ । आज नेप्से ०.७२ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको छ ।
कारोबारको हिसाबले भने आइतबार नेप्से सामान्य नै रहेको छ । आइतबार २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको ६८ लाख १४ हजार ४१३ कित्ता शेयर ४८ हजार १८३ पटक किनबेच भएको छ ।
आजको कारोबारमा पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो फाइनान्सको शेयर ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा पनि पोखरा फाइन्यस नै रह्यो ।

















