मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

29

इलाम ।  इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
मतदानपश्चात मतपेटिका संकलन गर्न थालिएको छ।

मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा संकलन गरिएको हो। बेलुका ५ बजेसँगै मतदानको समय सकिएको हो। बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here