वेस्टइन्डिजविरुद्ध नेपाल १० रनले पराजित

55

काठमाडौं । पाँच  खेलको टी–२० सिरिजको दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको छ। कप्तान रोहित पौडेलले ७१ रनको अविजित इनिङ खेले पनि टिमको हार टार्न पर्याप्त रहेन।

अन्य खेलाडी लगातार पेभिलियन फर्किदा रोहितले एकछेउबाट सम्हाले पनि टिम जित निकाल्न सकेनन्। दोस्रो खेलमा हारेसँगै पाँच खेलको सिरिज १–१ को अवस्थामा आएको छ।

नेपालका लागि रोहितले ७१ रनको अर्धशतकीय इनिङ खेल्दा गुल्सन झाले २६ रन बनाए भने थप दोहोरो स्कोरका रुपमा लोकेश बमले १७ रन बनाउँदा आरिफ शेखले १२ रन बनाए।

वेस्टइन्डिजका लागि ओवेड म्याकोइ, गुडाकेश मोटाइले २–२ विकेट लिँदा ओसान थोमस र रोस्टन चेजले १–१ विकेट लिए।

त्यसअघि टियू मैदान कीर्तिपुरमा वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। उसका लागि आन्द्रे फ्लेचरले ४३ रन बनाउँदा कप्तान रोस्टन चेजले २३ रन बनाए। वेस्टइन्डिजलाई समानजनक स्कोरमा पुर्‍याउन गुडाकेश मोटाइले ८ बलमा ३३ रनको विष्फोटक इनिङ खेलेका थिए। उसका लागि थप दोहोरो स्कोरका रुपमा केसी कार्टीले १० रन बनाउँदा म्याथ्यु फोर्डले ११ रन बनाए।

वेस्टइन्डिजविरुद्ध नेपालका लागि सागर ढकाल र कशल भर्तेलले २–२ विकेट लिँदा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here