चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा शून्य खर्च भएको मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षमा चालुतर्फ ३७ दशमलव ४६ प्रतिशत र पूँजीगततर्फ शून्य दशमलव १४ प्रतिशत गरी जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको यस आर्थिक वर्षको चालुतर्फ ६३ करोड ५३ लाख र पूँजीगततर्फरु ११ करोड ४३ लाख गरी कूल ७४ करोड ९७ लाख रहेको छ । मन्त्रालयको चालु आर्थिक वर्षको वैदेशिक अनुदान दुई ५३ करोड ७६ लाख (चार दशमलव ४७ प्रतिशत) र वैदेशिक अनुदान चार अर्ब ९४ करोड दुई लाख (आठ दशमलव ६९ प्रतिशत) रहेको छ । रासस


















