अमेरिका पठाउने भन्दै ७८ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ

35

काठमाडौं । अमेरिका पठाउने भन्दै ७८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ घर भई ललितपुर नखिपोट बस्ने ५३ वर्षीय उदिमबहादुर पुन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनले सुकमाया विकसहित तीन जनाबाट ७८ लाख रुपैयाँ ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here