काठमाडौं । कञ्चनपुर, कृष्णपुर नगरपालिका-१ कुन्ज कल्लीस्थित सोही ठाउँ बस्ने मनबिरे राम भुलको कृषि फर्ममा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुर, बेलका नगरपालिका-१ खैरघारी बस्ने ४६ वर्षीय गणेश भुजेलको कच्ची घरमा विद्युत सट भई बुधबार राति आगलागी हुँदा घर, घर नजिकै रहेको गोठ, घरमा रहेको लत्ताकपडा, भाँडावर्तन र अन्नपात लगायतका सरसामान पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, रतुवामाई नगरपालिका-४ आमबारी बस्ने शिवनारायण राजबंशीको घर तथा सोही घरमा रहेको सुर्यशक्ती इन्जिनियर वर्कसप ग्रिल उद्योगमा बुधबार राति आगलागी हुँदा घरभित्र रहेका सम्पुर्ण सामान र उद्योगमा रहेका सम्पुर्ण इलेक्ट्रिकल सामानहरू जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


















