काठमाडौं । बाँके, खजुरा गाउँपालिका-३ धौलागिरीस्थित तलाउमा डुबेर सोही ठाउँ बस्ने दुर्गा रोकायको छोरा १० वर्षीय दिवस रोकाय र मनिषा चौधरीको छोरा ११ वर्षीय आशिष चौधरीको शुक्रबार बेलुकी मृत्यु भएको छ ।
नुहाउने क्रममा तलाउमा डुबेर अशक्त भएका उनीहरूको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
ओखलढुंगा, चम्पादेवी गाउँपालिका-२ स्थित सुनकोशी नदीमा डुबेर सोही गाउँपालिका-२ नवलपुर बस्ने सिन्धुली गोलन्जर गाउँपालिका-१ घर भएका गोथे सुनुवारको छोरा १० वर्षीय प्रविन सुनुवारको शुक्रबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















