स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने

26
उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ;f]daf/ sf7df8f}Fdf विश्व स्वास्थ्य संगठन, नेपाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयdf उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार काठमाडौँमा विश्व स्वास्थ्य संगठन, नेपाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा त्रिकाल प्रोडक्सनद्वारा आयोजित नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणमा मन्तव्य राख्दै । तस्बिर ः किरणराज विष्ट÷रासस त्रिकाल प्रोडक्सनåf/f cfof]lht नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणमा dGtJo /fVb} . tl:a/ M किरणराज विष्ट÷रासस

काठमाडौं ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने धारणा राखेका छन् । 

आज सुरु स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणको उद्घाटन सत्रमा प्रमुख अतिथि उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो, यो हाम्रो जीवनशैली पनि हो । यसमा जोड दिनु आवश्यक छ ।’

उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास आवश्यक रहेको भन्दै विकासको गति बढाउनुपर्ने धारणा राखे । उनले रोगको उपचारसँगै रोगको रोकथामतर्फ दिनुपर्ने आवश्यक रहेको समेत बताए। 

उनले भने, ‘अस्पताल, उपकरण र औषधिका लागि बजेट छुट्याउने चलन छ तर हामीले रोकथामका पक्षमा बढी ध्यान दिन सकियो भने स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुनेछ ।’ उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । 

त्यस अवसरमा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका साथै तालिम र प्रोत्साहन जरुरी भएको बताए । उनले कोही व्यक्ति अकालमा मन नपरोस् भन्दै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन सक्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here