पाँच किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

42

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार रहेका छन् । फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका उनीहरुलाई भन्सार पाए भएर बाहिर निस्किएपछि विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुरेशले लगाएको पाइन्ट, टिसर्ट र पेन्टीमा लेपन गरिएको २ किलो ६ सय ग्राम र मोहनको पेन्टी र पाइन्टमा लेपन गरिएको २ किलो ५ सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

सुन तस्करीमा नेपालीको पनि संग्लनता हुनसक्ने विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी दिए । उनले भने, ‘उनीहरु नेपाली नागरिकसँगको सम्पर्कमा यहाँ आएको देखिएको छ । तर नेपालीहरुबारे खुलेको छैन । सोधपुछ गर्दैछौँ ।’

आवश्यक सोधपुछपछि सुरशे र मोहनलाई भन्सार विभागको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here