एमाले काठमाडाैं महानगरपालिका कमिटीकाे दोस्रो अधिवेशन सम्पन्न

42

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सोमबारराति सम्पन्न काठमाडौं महानगरपालिकाको दोस्रो अधिवेशन युवा काेटाबाट सदस्यमा सुमित रंजित सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

बैशाख २९ र ३० गतेसम्म चलेको महानगरको दोस्रो अधिवेशनबाट युवा काेटा बाट सदस्यमा सुमित रंजित सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन अधिकृतले जनाएका छन ।

निर्वाचित हुनुभएको रंजितले प्रतिक्रिया दिदै महानगरपालिका कमिटीलाई थप प्रभावकारी ढंगबाट अगाडि बढाउन प्रविधिमैत्री महानगर बनाउनु पर्ने कुरा राख्दै उहाँ भन्नुहुन्छ `अब एक क्लिककाे भरमा महानगर अगाडि बढ्नुपर्दछ´ आईटीलाई थप प्राथमिकतामा राखेेर अगाडि बढ्नुपर्ने जानकारी गराए ।

साथै जसरी फेसबुक लगायत एप्सहरू समय अनुकुल अपडेट गरिरहेकाे बखत पार्टी पनि अधिवेशनबाट शुद्विकरण हुने हुँदा नयाँ र पुराना पार्टी भन्ने कुरा गर्नु नै गलत हुन्छ भनेर जनाउनुभयाे। निर्वाचित युवा सदस्य रंजित अखिल नेपाल किसान महासंघ काठमाडाैं महानगरपालिका कमिटीको सचिब समेत हुनुहुन्छ ।

उक्त अधिवेशनको पहिलाे दिन इटुम्बहालमा २९ गते उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको थियाे। त्यसैगरी ३० गते दास्राे दिन अधिवेशनकाे बन्द सत्रमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत एमालेका नेता कार्यकर्ताको सहभागिता थियो ।

नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा क. गणेश श्रेष्ठ, उपाध्यक्षमा क. उदय चुडामणि बज्राचार्य सचिबमा क .धन बहादुर महर्जन उपसचिवमा  क. देबेन्द्र खड्की उपसचिवमा क .सृजना भेट्वाल निवार्चित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here