सन्दीप विश्वकप खेल्न जाने

39

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा निलम्बन फुकुवा गरेको छ।

क्यानले निलम्बन फुकुवा गर्दै भन्यो, ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ।’

यससँगै सन्दीपलाई टी ट्वान्टी विश्वकप खे‍ल्ने बाटो खुलेको छ। क्रिकेटर सन्दीप लामिछानेले बलत्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीपको निलम्बन फुकुवा र टिममा फर्काउने विषयमा आकस्मिक छलफल गरेको हो।

जिल्ला अदालतले गत १३ पुसमा बलत्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च पुगेका थिए। सन्दीपको मुद्दामा मंगलबार र बुधबारको निरन्तर बहसपछि सफाइ दिइएको हो।

पाटन उच्च अदालतमा मंगलबार पेसीमा चढेको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। मंगलबार दिनभर बहस भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। बुधबार मुद्दामा बहस सकिएसँगै मुद्दाको फैसला भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here