काठमाडौं । नेपाली फिल्म क्षेत्रको नाम के राख्ने ? लामो समयदेखि यो विषयमा बहस हुँदै आइरहेको छ । चलचित्र क्षेत्रको नामकरण गर्नेबारे बोर्डलै हालै एक समिति गठन भएकाे थियाे ।
साे समितिले बोर्डसमक्ष तीनवटा नाम प्रस्ताव गरिसकेको छ । जसअनुसार सिनेमाण्डु, कान्तिपुर फिल्म्स र एभरेस्ट फिल्म्स नामाकरण गर्न प्रस्ताव गरिएको छ । यो प्रस्ताव चलचित्र विकास बोर्डको बैठकमा पेश भइसकेको अध्यक्ष भुवन केसीले जानकारी गराए ।
अध्यक्ष केसीसहित यो समितिमा बोर्डका सदस्य-सचिव राजेशकुमार थापा, सदस्य लोकनाथ सुवेदी, फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, बोर्ड अधिकृत निर्मला चौलागाईं सदस्य थिए ।
















